प्रचण्ड समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख कार्यकर्ता उत्तार्ने दाबी 

File Photo
File Photo

प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड समूहले आज दिउँसो काठमाडौंमा विरोध सभा गर्दैछ।

भृकुटीमण्डपमा हुने विरोध सभामा अध्यक्ष प्रचण्डसहित शिर्ष नेताहरुले सम्बोधन कार्यक्रम रहेको नेताहरुले जानकारी दिएका छन्।

सभाअघि उपत्यकाका विभिन्न ठाउँबाट जुलुश निकाल्ने छ। राजधानीमा निस्किने जुलुशको प्रचण्ड समूहका शिर्ष नेताहरुले नेतृत्व बताइएको छ। सुन्धारा, पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट नेता कार्यकर्ताहरु सभामा सहभागि हुनेछन्। 

प्रदर्शनका लागि जिल्ला–जिल्लाबाट नेता कार्यकर्ता आउने क्रम जारी छ। आजको जनप्रदर्शनमा दुई लाख मानिसहरु उतार्ने प्रचण्ड समूहले दाबी गरेको छ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि विघटन गरेसँगै नेकपा प्रचण्ड समूहले विरोध जनाउँदै आएको छ। 

प्रकाशित मिति: : 2021-02-10 09:11:00

प्रतिकृया दिनुहोस्