कमेडी सिनेमा 'म्यारी मी'को रिलिज एक बर्षपछि हुने

एजेन्सी

काठमाडौं

जेनिफर लोपेज र ओवन विल्सनद्वारा अभिनित रोमान्टिक कमेडी सिनेमा 'म्यारी मी'को रिलिज एक बर्षपछि हुने भएको छ। अब यो सिनेमा ११ फरबरी २०२२ मा हुने कुरा द हलिउड रिपोर्टरले बताएको छ।

कट कोइरोद्वारा निर्देशित र नायिका लोपेजद्वारा निर्मित यो सिनेमाको रिलिज मिति सार्नुको कारण कोरोना महामारीको कारण सिनेमा प्रदर्शन र ब्यबसायमा आउन सक्ने अनिश्चिततालाई मध्य नजर गरेर गरिएको यसको निर्माण संस्थाले जनाएको छ।

लोपेजको साथै यो सिनेमामा सारा सिल्बरम्यान, जन ब्रेडली, क्लोई कोल्म्यान, स्टिफ़न वालेम, जमिला जमिल जस्ता चर्चित कलाकारहरुले पनि अभिनय गरेका छन्। 

प्रकाशित मिति: : 2021-02-11 11:10:00

प्रतिकृया दिनुहोस्