रामकुमारी झाँक्री ७ वर्षसम्म जेल-सजाय हुने कानुनअन्तर्गत पक्राउ

सेतोपाटी

काठमाडाै‌ं

प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षकी नेता रामकुमारी झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरेको छ।

झाँक्रीलाई थमाइएको पक्राउ पुर्जीमा राज्यविरूद्धको कसूर अन्तर्गत पक्राउ गरिएको उल्लेख छ।

प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरूद्धको कसूर अन्तर्गत अनुसन्धान गर्दैछ। धारा ५८ मा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने उल्लेख छ। 

‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन नहुने’ उल्लेख छ ।

सो दफा अनुसार कसूर प्रमाणित भए झाँक्रीलाई ७ वर्ष कैद, ७० हजार जरिवाना वा दुवै सजाय हुनसक्ने व्यवस्था मुलुकी अपराध सहिंताको दफा ५८ को २ मा उल्लेख छ।

प्रकाशित मिति: : 2021-02-11 16:12:00

प्रतिकृया दिनुहोस्