नेकपा (प्रचण्ड) द्वारा जनयुद्ध दिवश मनाउन सर्कुलर

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्बिर

नेकपा प्रचण्ड–माधव समूहले जनयुद्ध दिवश भव्यताका साथ मनाउने निर्णय गरेको छ। फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा मनाइँदै आएको छ।

केन्द्रीय कार्यालयका सचिव गंगालाल तुलाधरले शुक्रबार एक सर्कुलर जारी गर्दै पार्टीका जिल्ला कमिटीहरुलाई ‘शहीद स्मृति तथा सम्मान कार्यक्रम’को ब्यानरसहित जनयुद्ध दिवसको कार्यक्रम भव्यतापूर्वक गर्न अनुरोध गरेका छन्।

फागुन १ गते तत्कालिन नेकपा माओवादीले नेपालमा जनयुद्ध शुरुवात गरेका थिए । हरेक वर्ष यो दिनलाई जनयुद्ध दिवसको रुपमा मनाइन्छ।

प्रकाशित मिति: : 2021-02-12 16:59:00

प्रतिकृया दिनुहोस्