सरस्वतिका मूर्ति बनाउन व्यस्त जहदाका रघुनाथ

देशसञ्चार

विराटनगर

अभयकुमार राई

यतिबेला रघुनाथ मण्डलको दैनिकी निर्माणाधीन मूर्तिहरुलाई अन्तिम रुप दिनुरहेको छ।

मोरङको दक्षिणपूर्वमा अवस्थित जहदा गाउँपालिका घर भएका ५१ वर्षीय मण्डल मात्र होइन्, उनकाे परिवार नै केहीदिनपछि नजिकिँदै गरेकाे सरस्वती पूजालाई केन्द्रित गर्दै मूर्तिलाई अन्तिम रुप दिन व्यस्त रहेको हो।

गाउँपालिका वडानम्बर ५ स्थित लक्ष्मीनिया चौक नजिकैको एक टहरामा उनले बनाएका मूर्तिको चांग नै छ।

गाउँपालिकाबाट करिब ४ किलोमिटरको दूरीमा मण्डल परिवारको घर रहेको छ। घरबाट आलोपालो गर्दै बिहानैबाट टहरामा मूर्ति निर्माणमा उनीहरुको दैनिकी बित्दै आएको रघुनाथले जानकारी दिए।

गाउँपालिकामा ३ दशकअघिदेखि नै मूर्तिको कारोबार गर्दै आएको बताएका मण्डलले मूर्ति निर्माण पेशा संकुचित हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘नयाँ पिँढीका केहीलाई मात्र यस्तो पेशा अंगाल्न मन लागेको पाउँछु, त्यती मन पराउँदैनन्’, उनले भने।

बुवाबाट आफूले मूर्ति बनाउने सीप सिकेको बताएका रघुनाथले पेशालाई निरन्तरता दिन २२ वर्षीय छोरा मोहनलाई अभ्यस्त बनाउँदै लगेका छन्।

प्रकाशित मिति: : 2021-02-13 14:00:00

प्रतिकृया दिनुहोस्