ट्रायाथोलन संघका अध्यक्ष श्रेष्ठ ओलम्पिक कमिसनमा

नेपाल ट्रायाथोलन संघका अध्यक्ष एवं नेपाल ओलम्पिक कमिटिका महासचिव निलेन्द्र राज श्रेष्ठ बिश्व ट्रायाथोलनको ओलम्पिक कमिसनको सदस्यमा नियुक्त भएका छन्।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिसँग समन्वय र सहकार्य गर्ने कार्यका लागि बिश्व ट्रायाथोलनले स्थापना गरेको कमिशनमा श्रेष्ठलाई चार बर्षे कार्यकालका लागि चयन गरेको हो।

कमिशनको अन्य सदस्यमा स्विडेन ओलम्पिक कमिटिका उपाध्यक्ष रिया डामग्रेन निलसन र कोष्टारिका ओलम्पिक कमिटिका सदस्य क्रिष्टिना गोन्जालेज पनि चयन भएको संघका महासचिव युवराज सुनुवारले जानकारी गराएका छन् ।

प्रकाशित मिति: : 2021-02-13 23:09:00

प्रतिकृया दिनुहोस्