ओली सरकारका तीन वर्ष– यी हुन् नाम कमाएका ७ र आलोचना भएका ६ काम

लोकान्तर

काठमाडौं

संविधानको मर्मविपरीत प्रतिनिधि सभा विघटन गरेको भनेर आलोचना भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सोमवार तेस्रो वार्षिकोत्सव मनाउँदैछ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभामा निर्वाचित सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा २०७४ फागुन ३ गते ओलीलाई गठबन्धन सरकारको प्रधानमन्त्री नियुक्त गरेकी थिइन् ।

सोही वर्षको फागुन २७ मा ओलीले प्रतिनिधि सभाबाट विश्वासको मत लिएका थिए । त्यतिबेला संसद्मा उनले दुईतिहाइ भन्दा बढी सांसदको समर्थन पाए ।

औसत ९ महिनामा सरकार फेरबदलको चक्र चलिरहेको समयमा कुनै पनि सरकारले तीन वर्ष पूरा गर्नु आफैँमा उपलब्धि मानिएको छ ।

सरकारले तीन वर्ष पूरा गर्नुभन्दा दुईमहिना अगाडि प्रतिनिधि सभाको विघटन गरेर ओली आलोच्य बनेका छन् । प्रतिनिधि सभा विघटनसँगै ओली सरकारले तीन वर्षमा गरेका राम्रा काम र उपलब्धि छायाँमा परेजस्तो देखिएको छ । 

प्रकाशित मिति: : 2021-02-14 19:36:00

प्रतिकृया दिनुहोस्