उपत्यकाका जात्रापर्वसँग जोडिएको पौभा

काठमाडौंप्रेस

काठमाडाै‌ं

काठमाडौं, फागुन २ : ललितपुर, पाटनढोकानजिकै सेतो रङको साढे दुईतले घरमा सानो बोर्ड राखिएको छ– सिम्रिक अटेलियर, नेपाल्स् ट्रेडिसनल पेन्टिङ।

यस घरको पहिलो तलामा लोक चित्रकारले २२ वर्षदेखि पौभा स्टुडियो चलाउँदै आएका छन् । लोक चित्रकार पौभा कलाकार हुन्, पौभा नेपाली लोककलामा पर्छ, जस्तो नाम, काम पनि उस्तै।  
गत साताउनको स्टुडियोमा केही युवा कपडामा चित्र कोर्ने त कोही कोरिएका चित्रमा रङ लगाउन व्यस्त थिए।

तयार चित्र के कस्तो भयो भनेर नियालिरहेका लोकले भने, ‘कोभिडपछि चित्रले अलिअलि बजार पाउन थालेको छ।’ उनका अनुसार, नेपाली विभिन्न चित्रकलामध्ये एक प्रमुख हो, पौभा ।यसलाई नेपाली कला बुझाउने एक विधाको रुपमा पनि लिने गरिन्छ।

धेरैलाई लाग्छ, थान्का चित्रकला र पौभा चित्रकला एउटै हो। तर पौभा र थान्कामा केही भिन्नता रहेको लोक बताउँछन् । उनी भन्छन्, ‘पौभालाई कतिपय मानिसले नेवारी थान्का पनि भन्ने गर्छन्। नेपाली कलालाई पनि हामीले विदेशीको माध्यमबाट चिनाउनु ठूलो विडम्बना हो । हामीसँग स्रोत खोजेर विदेशीले पस्किदिन्छन् । त्यही आधारमा हामी काम चलाइरहेका छौँ। हामी आफ्नै कलाहरूको बारेमा अध्ययन गर्न पछि परेका छौँ।’

प्रकाशित मिति: : 2021-02-14 20:16:00

प्रतिकृया दिनुहोस्