टिमो वार्नरले १४ खेलमा गोल गर्न नसकेको अवस्थालाई तोड्दै सोमबार राती न्युक्यासलविरूद्ध गोल गरेपछि चेल्सी इंग्लिस प्रिमियर लिगमा सहज जित निकाल्न सफल भएको छ।
वार्नरले ३९ मिनेटमा गोल गरे। यसअघि ओलिभर जिरुडले ३१ मिनेटमा गोल गरिसकेका थिए। जिरुडलाई गोलका लागि वार्नरले नै बल मिलाइदिएका थिए।
पहिलो हाफमै दुई गोलको अग्रता बनाएको चेल्सीले घरेलु स्टामफोर्ड ब्रिजमा जित निकालेपछि प्रिमियर लिगको चौथो स्थानमा उक्लिएको छ।
चेल्सी गोलअन्तगरको आधारमा वेस्ट हामभन्दा माथि छ। दुवैको २४ खेलमा ४२ अंक छ।