दिवाखाजाको लागि कर्णालीका विद्यार्थीले दैनिक रु २० र अन्य क्षेत्रका विद्यार्थीले रु १५ पाउने

रासस

काठमाडाैं

बालबालिकाहरुको स्वास्थ्यलाई प्राथमिकतामा राखेर सरकारले देशभरका सबै सामुदायिक विद्यालयमा ‘जङ्क फुड’ खुवाउन निषेध गरेको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्र सानोठिमीले सार्वजनिक गरेको ‘विद्यालय दिवाखाजा व्यवस्थापन सहयोगी पुस्तिका’ मा सामुदायिक विद्यालयका प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई दिवाखाजामा ‘जङ्क फुड’ खुवाउन निषेध गरिएको हो।

केन्द्रले स्थानीयस्तरमा उत्पादन हुने खानेकुरालाई नै प्राथमिकतामा राख्दै विभिन्न ६० प्रकारका ‘मेनु’ समेत तयार गरेर पुस्तिका सार्वजनिक गरेको हो। 

विद्यार्थीलाई दिवाखाजाका लागि रु ७ अर्ब ७२ करोड ९३ लाख ३० हजार विद्यालयमा पठाइसकेको सरकारले जनाएको छ। सोअन्तर्गत देशभरिका २९ लाख ४० हजार ७८९ विद्यार्थीलाई विद्यालयमा दैनिक खाजा निःशुल्क उपलब्ध गराइने छ। सरकारले कर्णालीमा प्रतिविद्यार्थीलाई दैनिक रु २० र अन्य क्षेत्रमा विद्यार्थीलाई रु १५ का दरले दिवाखाजाको रकम उपलब्ध गराउने छ।

प्रकाशित मिति: : 2021-02-16 11:19:00

प्रतिकृया दिनुहोस्