हेटौँडामा एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने 

फाइल तस्बिर

वाग्मती प्रदेशको राजधानी हेटौँडामा यही फागुन ६, ७ र ८ गते भव्यरुपमा एकहत्तरौँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाइने भएको छ।

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको संयोजकत्वमा आज १६५ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने कार्यक्रमअन्तर्गत रक्तदान कार्यक्रम, हेटौँडा बजारको सरसफाइ, माध्यामिक विद्यालयस्तरीय हाजिरीजवाफ प्रतियोगिता, सडक दौड तथा खेलकूद र विभिन्न विद्युतीय सञ्चार माध्यममा परिसंवाद कार्यक्रमको आयोजना गरिने जनाएको छ।

फागुन ७ गते बिहान ७।३० बजे स्थानीय भुटनदेवी माविको प्राङ्गणबाट  झाँकीसहितको ¥याली निस्किने बताउदैँ आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव मदन भुजेलले भने, ‘हेटौँडा नगरको परिक्रमा गरी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्मा आइपुगेपछि समारोहमा परिणत हुनेछ।’

प्रकाशित मिति: : 2021-02-16 12:06:00

प्रतिकृया दिनुहोस्