कांग्रेसको नजरमा ओली सरकारका तीन वर्ष

नेपाल लाइभ

काठमाडाै‌ं

 

लिलु डुम्रे

३ फागुन २०७४ मा प्रधानमन्त्रीका रुपमा सत्तारोहण गर्दा केपी शर्मा ओलीसामु ऐतिहासिक अवसर रहेको चर्चा भएको थियो। भर्खरै सम्पन्न स्थानीय तह, प्रदेश सभा र संघीय संसदको निर्वाचनमा ओलीले नेतृत्व गरेको बाम गठबन्धनले प्रचण्ड बहुमत प्राप्त गरेको थियो। गठबन्धनका दुई घटक, तत्कालीन एमाले र माओवादी पार्टी एकीकरणतर्फ नै अघि बढिसकेका थिए। केही समयपछि दुवै पार्टी एक भएर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) गठन भयो। ओलीको सरकार झन् शक्तिशाली भएको चर्चा भयो। 

संसदको प्रमुख प्रतिपक्ष, नेपाली कांग्रेस कमजोर आकारमा थियो। इतिहासमै कमजोर देखिएको कांग्रेस प्रमुख प्रतिपक्ष हुनु ओलीका लागि थप सुखद पक्ष थियो। अर्थात् पछिल्लो कालखण्डका जननिर्वाचित प्रधानमन्त्रीहरुमध्ये सबैभन्दा अनुकुलता ओलीका लागि देखिएको थियो। राष्ट्रिय मात्रै होइन,अन्तराष्ट्रिय परिस्थिति पनि ओलीको लागि प्रतिकुल थिएन।

स्थिरताको मुद्दा लिएर निर्वाचनबाट अनुमोेदित भएको नेकपासँग जनअपेक्षा बढी हुनु स्वाभाविक थियो। समृद्धिको नाराले मत पाएकाले प्रमुख प्रतिपक्ष कांग्रेस सरकार विरुद्ध प्रतिवाद गर्ने वा गर्न सक्ने अवस्थामा थिएन। यतिसम्म कि, पहिलो वर्षको नीति तथा कार्यक्रमलाई कांग्रेसले विना अवरोध पारित गर्न सहयोग गर्‍यो। नीति तथा कार्यक्रमको साथै बजेटमा विरोध गर्ने प्रतिपक्षको ‘धर्म’ पनि कांग्रेसले विर्सिएको थियो। कांग्रेस नेता गगन थापा भन्छन्, ‘सामान्य अवस्थाको भिन्न सरकार भएकाले अपेक्षा जनतामा बढी थियो। असमान्य तरिकाले मूलुकको रुपान्तरण हुन्छ भन्ने थियो।’ नेकपाको शक्तिशाली सरकारले जनअपेक्षा पूरा गर्ने विश्वासमा रहेको कांग्रेसको भूमिका खुम्चिएको थियो।

प्रकाशित मिति: : 2021-02-16 14:18:00

प्रतिकृया दिनुहोस्