अमेरिकामा राजदूत खतिवडाका दुईथरि हैसियत : बाहिर 'एम्बेसडर' भित्र 'एम्बेसडर एपोइन्टेड'

अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त युवराज खतिवडाले अझै पनि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन सकेका छैनन् । तर, खड्गप्रसादको 'पोष्यपुत्र'का रूपमा रोजीछाडीमा राजदूतको पद लिएर ‘भ्याकेसन’ मनाउन आएका उनले रङ्गीचङ्गी हर्कत भने सुरू गरिसकेका छन्। दूताबासको आधिकारिक वेभसाइट हेर्दा त्यसैको झल्को मिल्छ।

अहिले उनी  नेपालले राजदूत नियुक्त गरे पनि अमेरिकाले मान्यता दिइनसकेको अवस्थामा छन्। तर, दूतावासको आधिकारिक वेभसाइटमा उनलाई ‘हिज एक्सलेन्सी डा. युवराज खतिवडा एम्बेसडर’ भनिसकिएको छ। ‘फुल वायोग्राफी’मा क्लिक गर्दा शीर्षकमा एम्बेसडर भनिए पनि क्याप्सनमा भने 'एम्बेसडर एपोइन्टेड' लेखिएको छ।उनी आएलगत्तै उनको लागि क्याप्सन दिइएको थियो 'एम्बेसडर डेजिग्नेट' ।

यो लिंकमा क्लिक गर्नुहोस्, तथ्य आफैं हाजिर हुन्छ।
https://us.nepalembassy.gov.np/ambassador/

खतिवडाले जानी जानी एम्बेसडर एपोइन्टेडलाई एम्बेसडरका रूपमा प्रस्तुत गरेका छन्। यसो गरिनु नैतिकताको कशीमा अनैतिक, अख्तियारीको कोणबाट पदीय दुरूपयोग र कूटनीतिको कोणबाट गैरकूटनीतिक हो।

विहानीले दिउँसोको संकेत गर्छ भनेझै यो हर्कतले उनको कार्यकाल कस्तो हुन्छ भने छनक दिन्छ। त्योभन्दा पनि अगाडि बढ्ने हो भने उनी कूटनीतिका कच्चा खेलाडी हुन् सजिलै अनुमान गर्न सकिन्छ। यसको अर्को संकेत के पनि हुन सक्छ भने उनी जालझेल र झुटको सहारा लिएरै कम कूटनीति र बढी लाजनीतिको प्रदर्शन गर्नेछन्। यसैपनि उनका विधाता के पी शर्मा ओलीको नाममा रहेको पहिलो दुई अक्षर के पीको लङ फर्म 'किर्तेप्रसाद' हो भनेर कांग्रेस नेता गगन थापाले भनी नै सकेका छन्। 

हुन त सामान्य मानिसका लागि यस्तो रंगिचंगी हैसियतको खासै अर्थ पनि हुदैन, न महत्व नै हुन्छ। तर, कूटनीतिमा एम्बेसडर, एम्बेसडर डेजिग्नेट र एम्बेसडर एपोइन्टेडको अर्थ मात्र हैन, हैसियतमा पनि आनको तान फरक पर्छ।

डा. खतिवडाको जानकारीमा नआई यो रंगीचंगी पदको जात्रा पक्कै पनि देखाइएको हैन न उनलाई यसको बारेमा थाहा नै नभएको होस्। उनले जानी जानी एम्बेसडर एपोइन्टेडलाई एम्बेसडरका रूपमा प्रस्तुत गरेका छन्। यसो गरिनु नैतिकताको कशीमा अनैतिक, अख्तियारीको कोणबाट पदीय दुरूपयोग र  कूटनीतिको कोणबाट गैरकूटनीतिक हो।

अमेरिकाका लागि नेपाली राजदूतमा नियुक्त युवराज खतिवडाले अझै पनि आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन सकेका छैनन् । तर, उनले दूतावासको आधिकारिक वेभसाइमा आफ्नो दुईथरि हैसियत लेखाएर रङ्गीचङ्गी हर्कत भने सुरू गरिसकेका छन्।

खड्गप्रसादका 'पोष्यपुत्र'का रूपमा स्वनामधन्य बनेका युवराजका लागि  मर्ने बेलामा हरियो कांक्रो भनेजस्तै हो यो यो जिम्मेवारी। उता विधाता जाने बितिकै यताबाट कुम्लो कुटुरो बोक्नुपर्ने समयमा वासिङ्टन आइपुगेका उनका लागि कास्टिङ नै झुर बनेको छ। 

हुन त यसका लागि उनले दूताबासका कर्मचारीको गल्ती देखाउन सक्लान्। आफूलाई कूटनीतिको बारेमा त्यति ज्ञान नभएको भनेर जिम्मेवारी पनि नलेलान् तर त्यसो भनेर उनले यो ब्लण्डरका लागि  उन्मुक्ति पाउँन सक्दैनन्।

महामहिम खतिवडाको यो हर्कते व्यवहारलाई अमेरिकाको नेपाली डायस्पोराले पनि कास्टिङ मात्र ठानेको छ, एक अगुवा नेपाली भन्छन्, ‘यो त कास्टिङ मात्र हो, हेर्दै जानुहोस् उनको कार्यकालमा के कस्ता हर्कत हुन्छन्, समयले ऐना देखाउँदै जान्छ। ‘

 

प्रकाशित मिति: : 2021-02-17 03:39:00

प्रतिकृया दिनुहोस्