'लिजेन्डरी भर्सन'मा 'फूलबुट्टे सारी'

राजनराज शिवाकोटीको चर्चित गीत 'फूलबुट्टे सारी'को लिजेन्डरी भर्सन सार्वजनिक भएको छ। 
मंगलबार सरस्वती पूजाको साइत पारेर मदनकृष्णको स्वरमा यही गीतको नयाँ भर्सन सार्वजनिक गरिएको हो।

लिजेन्डरी भर्सनको भिडियोमा मदनकृष्णलाई मिथिला शर्माले साथ दिएकी छन्। भिडियो निर्देशन राजेश पुमा राईले गरेका हुन्। 

हालसम्म यो गीत मार्मिक लामा, मिलन नेवार, अरिष्मा सिवाकोटीको स्वरमा रेकर्ड भइसकेको छ। उनले यो गीत मेल, फिमेल, चाइल्ड भर्सन निकालिसकेका छन्।

प्रकाशित मिति: : 2021-02-17 07:59:00

प्रतिकृया दिनुहोस्