हरेक युगमा राज्यलाई सम्पत्तिशाली वर्गले हाइज्याक गरिदियो

रातोपाटी

काठमाडाै‌ं

सामान्यतया हामीले लोकतन्त्र, गणतन्त्र भन्ने अवधारणा कसरी सुरु भयो भनेर हेरौं ।

रोमन, एथेनियन जेसुकै भने पनि राज्य राजकाजको मामला भनेको कुनै खास परिवार, जातवा समूहको मामला होइन, यो सार्वजनिक हो भन्नेबाट यो अवधारण सुुरु भयो । माक्र्सले ल्याएको पनि यही हो भन्ने लाग्छ मलाई ।

फर्केर हेर्दा भोटहरु हुने, राज्यहरु चल्ने, चुनाव हुँदा पनि भोट, राज्य, प्रक्रिया, तन्त्र यसबै सम्पत्तिशाली वर्गले इतिहासमा कब्जा गरेर राख्दो रहेछ । भन्नलाई  राज्य र यसका सबै मामिलाहरु सार्वजनिक हुन् भनियो । कुरा यहाँबाट सुरु गरिएको हो । तर हरेक युगमा राज्यलाई सम्पतिशाली वर्गले हाइज्याक गरिदियो, कच्याककुचुक पारिदियो, सार्वजनिक हुन् दिएन । माक्र्सले समाजवाद र समाजवादका राजनीतिको कुरा गर्दा मुलतः सैद्धान्तिक हिसाबले हेरेको भनेको यसैलाई सार्वजनिक बनाउने हो ।

सार्वजनिक बनाउने भनेर शुरुमा सोभियतहरु बनेका थिए। सोभियत संघ बन्दै जाँदा त्यो अर्को अर्को हुँदै गयो । तर क्रान्तिकालमा बनाइएका किसानहरु, मजदुरहरुको सोभियत स्वयंशासित भ्रुणहरु थिए । लामो ब्याख्या गर्नु परेन– पछि सोभियतसंघ ढल्यो । किन ढल्यो ? मलाई लागेको कुरा– राज्यका मामला सार्वजनिक भएन । सोभियत संघ बनेपछि सोभियत कम्युनिस्ट पार्टीले राज्यका मामिलालाई सार्वजनिक बनाएन । पहिलो त उसले पार्टी नै सदस्यको बनाएन ।

म कम्युनिस्ट हुँ भनेर कसम खाएर सदस्यता लिएका लाखौं कम्युनिस्टकै पार्टी रहेन । त्यसको   संचालनको मातहतवादी अधिनायकत्वको विधिले गर्दा रहेन । व्यक्ति संगठनको, अल्पमत बहुमतको, तल्ला संगठन माथिल्ला संगठनको र सम्पूर्ण संगठन केन्द्रीय कमिटीको मातहत हुन्छ भन्ने चार वटा सूत्रलाई हामीले जनवादी केन्द्रीयता भन्यौं । भइदियो के भने अल्पमत बहुमतकै अधिनस्त र जहिलो पनि बहुमतको मातहत हुँदा अभ्यासको दौरानमा अल्पमत वा असहमतिको मत राख्नै परेन । तल्लो संगठन माथिल्लो संगठनकोे मातहत हुने गर्दा तल्लो संगठनले कुनै पहलकदमी लिनु परेन, उसको कुनै संलग्नता रहेन । यो त्यसबाट एलिनिएट (निष्क्रिय) हुँदै गयो । यस हिसाबले पार्टी केन्द्रीय कमिटीबाट हेर्दा तलको सबै अलगावमा रहेको देखियो । बाहिर भइरहेको साम्राज्यवादसँगको युद्ध थाम्नुपर्नेछ ।

प्रकाशित मिति: : 2021-02-17 20:10:00

प्रतिकृया दिनुहोस्