सहिद मैदानमा फ्लड लाइटको स्थायी व्यवस्थापन काम अन्तिम चरणमा

तीन वर्षअघि पहिलोपटक अस्थायी फ्लड लाइट जडान गरेर विराट गोल्डकप आयोजना भएको विराटनगरको सहिद मैदान रंगशालामा स्थायी व्यवस्थापनको काम अन्तिम चरणमा पुगेको छ।

स्थायी व्यवस्थापनको काम सकिएपछि अब रात्रिकालीन खेल पनि हुनेछ । केही दिन यता राती परिक्षण गरेर परीक्षणका क्रममा छाया देखापरेको र त्यसलाई मिलाउने काम चलिरहेको निर्माण पक्षले जनाएको छ। 

मैदानको चार कुनामा जडान गरिएको १ सय ८ फिट अग्लो मास्टमा १ सय ८ वटा बल्ब जडान गरिएको छ। सामाजिक विकास मन्त्रालयले कार्की बन्धु अमर जेभीलाई ४ करोड २९ लाख रुपैयाँमा ठेक्का दिएको थियो। 

प्रकाशित मिति: : 2021-02-18 07:33:00

प्रतिकृया दिनुहोस्