‘थोत्रा पार्टीमा जाने प्रश्नै उठ्दैन, प्रचण्डसँग पार्टीगत एकताको सम्भावना शून्य’

देशसञ्चार

काठमाडाै‌ं

दिपा दाहाल

संसद विघटनसँगै मुलुक फेरि राजनीतिक र संवैधानिक संकटमा फसेको छ। परिणाममा पूर्वमाओवादी र एमालेको एकताबाट जन्मिएको नेकपा विभाजन भयो र राजनीतिक अस्थिरताका संशय पैदा भएका छन्।

हाल आएर आफूलाई स्थापित गर्ने कसरतमा केपी ओली र पुष्कमल दाहाल ‘प्रचण्ड’ उत्रिएका छन्। ओलीले आफूलाई स्थापित गर्न सरकारी संयन्त्रको दुरुपयोग सुरु गरेका छन् भने प्रचण्ड–नेपाल पक्षले सडक प्रदर्शन जारी राख्दा जनजीवन अस्तव्यस्त हुनेक्रम सुरु भएको छ।

यता पूर्वमाओवादीसँग सबन्धविच्छेद गर्दै नयाँ शक्ति, संघीय समाजवादी पार्टी हुँदै जनता समाजवादी पार्टीसम्म आइपुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई संसद विघटनलाई लिएर ओलीको विपक्षमा उभिएका छन्।

तर भट्टराई प्रचण्डको पक्षमा उभिने सम्भवना कति छ त? डा. भट्टराईले प्रचण्डसँग संसद पुनःस्थापित गर्ने सम्बन्धमा एकै ठाउामा उभिने सम्भावना भएपनि उनीसँग पार्टी एकता सम्भव नभएको प्रतिक्रिया दिएका छन्।

देशसञ्चारको भिडियो अन्तर्वार्तामा डा. भट्टराईले नयाँ राजनीतिक माहोल सृजना गर्न मैदानमा उत्रिसकेका बेला आफू पछि फर्केन सम्भावना नभएको भन्दै प्रचण्डसँगको एकता धेरै टाढा रहेको बताए।

प्रकाशित मिति: : 2021-02-19 17:10:00

प्रतिकृया दिनुहोस्