सोनी र लक्ष्मणलाई लिगलिगे साइकल दौडको उपाधि

सोनी गुरुङ र लक्ष्मण मल्लले लिगलिगे साइकल दौडको खुलातर्फको उपाधि जितेका छन्।

धादिङकी सोनीले महिलातर्फ १३औं सागको स्वर्ण बिजेता खेलाडी लक्ष्मी मगरलाई पछि पादै उपाधि जितेकी हुन।

 उनले पहिलो स्थानका लागि २ घण्टा ५६ मिनेट ७ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको  दूरी पार गरेकी थिइन्। 

दोश्रो स्थानमा रहेकी नुवाकोटकी लक्ष्मीले ३ घण्टा २ मिनेट ९ सेकेन्टमा दूरी पार गरेकी थिइन्। गोरखाकी उषा खनालले ३ घण्टा ९ मिनेट २ सेकेन्टमा निर्धारित दुरी पार गदै तेश्रो स्थान हाँसिल गरिन्। 

उषा गण्डकी प्रदेश स्तरिय साइकल दौडमा भने महिलातर्फको उपाधि जित्न सफल भइन्। गण्डकी प्रदेश स्तरिय महिलाको उपविजेता लमजुङकी केशरीथापा मगर हुदा कास्कीकी जमुना थापा तृतिय भइन्।

त्यसैगरी पुरुष खुलातर्फको उपाधि बिजेता धादिङका लक्ष्मणले २ घण्टा २२ मिनेट ५५ सेकेन्टको समय खर्चर निर्धारित ५२.९ किलोमिटरको  दूरी पार गरेक थिए।

दोश्रो स्थानमा रहेका कन्चनपुरका हिमाल टमटाले २ घण्टा ३१ मिनेट ३५ सेकेन्डमा दूरी पार गर्दा तेश्रो स्थानमा रहेका ललिपुरका ओकेश बज्रचार्यले निर्धारित दुरी पार गर्न २ घण्टा ३६ मिनेट ५६ सकेन्टको समय खर्चेका थिए।

पालुङटार नगरपालिका र पर्यटन बोर्टको प्रायोजनमा सम्पन्न भएको गण्डकी प्रदेश स्तरिय साईकल दौडको पुरुष इभेन्टमा कास्कीका सन्दिप सुन्डौली पहिलो,गोरखाका लेखप्रसाद भट् दोश्रो र पालुङटारका शिव श्रेष्ठ तृतिय भए।

 शिवले पालुङटार स्तरिय साईकल दौडको उपाधि भने जित्न सफल भए। उनी पालुङटारबाट सहभागि हुने एकल राईडर थिए।

 लिगलिग भिलेज स्पोट्र्सद्धारा संचालित कार्यक्रमको बिजेतालाई प्रमुख अतिथि पालुङटार नगर प्रमुख ई.दीपकबाबु कडेल,विशेष अतिथि पर्यटन बोर्टका सिइयो डा.धनन्जय रेग्मी,नेपाल साइकलिङ संघका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपती,प्रतियोगिता संयोजक संजिब रानालगायतले खेलाडीलाई पुरस्कृत गरेका थिए।

स्थानीय संस्कृतिको संरक्षण तथा साहसिक खेलको विकास भन्ने उद्देश्यले संचालन भएको प्रतियोगिताका पुरुष तथा महिला खुला दौडको बिजेताले जनही २५ हजार उपविजेताले जनही २० हजार र तृतिय हुनेले जनही नगद १५ हजार प्राप्त गरे। साथै दुवै समूहका १० औ स्थान सम्म हाँसिल गर्ने खेलाडी पनि नगद पुरस्कारले सम्मानित भए।

 गण्डकी प्रदेश स्तरिय महिला तथा पुरुष साईकल दौडका विजेताले जनही ५ हजार उपविजेताले जनही ३ हजार र तृतिय हुनेले जनही नगद २ हजार ५ सय प्राप्त गरेका छन्। 

पालुङटार नगरपालिका स्तरिया पुरुष साईकल दौड प्रतियोगिताको विजेताले २ हजार ५ प्राप्त गरेका छन्। प्रतियोगितामा ११ बर्षका कान्छा खेलाडीले पनि आफ्नो दौड पुरा गर्न सफल भए।

 उनलाई पालुङटार नगर प्रमुख कडेलले  प्रोत्सान स्वरुप नगद ५ हजारले सम्मान गरेका थिए। समापन समारोहमा नगरप्रमुख कडेलले लिगलिगे साईकल दौड प्रत्येक बर्ष गरिने प्रतिबद्धता ब्यक्त गरेका थिए।

सिरानचोक गाउपालिका र राइनस नगरपालिकाको सह प्रयोजनमा संचालन साईकल दौडको राईडरले उच्चतम हाईट १३ सय ३० मिटर सम्म साईकल ड्राईव गरेका थिए भने निम्नतम हाईट ४ सय २० मिटर सम्म ड्राईव कुसलता साथ सम्पन्न गरेका थिए।

प्रकाशित मिति: : 2021-02-19 20:32:00

प्रतिकृया दिनुहोस्