'दाहाल–नेपाल–खनाल कम्पनीले अस्थिरता र अराजकता सिर्जना गर्न खोज्यो'

प्रदेश १ का मुख्यमन्त्री तथा नेकपा ओली समूहका नेता शेरधन राईले प्रचण्ड–माधब पक्षको कारण देश अँध्यारो सुरुङमा प्रवेश गरेको बताएका छन्। विराटनगरमा आयोजित जनसभामा बोल्दै उनले सो कुरा बताएका हुन्। 

‘खुमलटारमा गठन भएको दाहाल–नेपाल–खनाल कम्पनीले अस्थिरता र अराजकता सिर्जना गर्न खोज्यो, समृद्धिको चाहनामा तगारो हाल्ने अनि राष्ट्रपति, प्रधानमन्त्री, पार्टी अध्यक्ष, मुख्यमन्त्रीहलाई अपदस्त गरेर देश कब्जा गर्न खोज्यो,’ उनले भने, ‘यो कित्ताले मुलुकलाई अँध्यारो सुरुङतर्फ लगेको छ।’ उनले कसैलाई पनि प्रदेश कब्जा गर्न नदिने बताए। 

लोकतान्त्रिक ढंगले चालेको प्रधानमन्त्रीको कदम सही रहेको बताउँदै प्रदेश तहमा आक्रमण सुरु भएको बताए। ‘प्रदेशलाई हामी कब्जा गर्न दिँदैनौं, प्रदेशलाई हामी सुरक्षित रुपमा राख्न चाहन्छौं, प्रदेश तहमा पनि आक्रमण गर्न सुरु भएको छ, हामी त्यो आक्रमणलाई पराजित गर्नेछौं,’ उनले भने।

प्रकाशित मिति: : 2021-02-20 15:10:00

प्रतिकृया दिनुहोस्