कोभिड–१९ विरुद्धको १० लाख खोप आज नेपाल आउँदै

Photo : BBC
Photo : BBC

कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज (आज) आइतबार काठमाडौं आइपुग्ने भएको छ।

भारतको नयाँ दिल्लीबाट १ः३० को एयर इन्डिया विमानमार्फत १० लाख खोपको डोज काठमाडौँ आउन लागेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार जानकारी दिए।

उनका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आउन लागेको हो। खोप टेकुस्थित चिस्यान केन्द्रमा भण्डारण गरिने छ।

यसअघि गत माघ ८ गते भारत सरकारले नेपाललाई अनुदानमा खोप उपलब्ध गराएको थियो। 

प्रकाशित मिति: : 2021-02-21 06:00:00

प्रतिकृया दिनुहोस्