ओली समूहद्वारा प्रदेशसभा बैठक बहिस्कार

birattimes.com
birattimes.com

मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्तावमा छलफल हुने भएपछि नेकपा ओली समूहले प्रदेश १ को प्रदेशसभा बैठक बहिष्कार गर्ने भएको छ।

प्रदेश सचिवालयले मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता हुने कार्यसूची सार्वजनिक गरेपछि ओली समूहका सांसदले प्रदेशसभा बैठक बहिष्कार गर्ने निर्णय गरेका हुन्।

मुख्यमन्त्री शेरधन राईको कार्यालयमा आइतबार बसेको ओली समूहको बैठकले प्रदेशसभामा सहभागी नहुने निर्णय गरेको हो।

अविश्वास प्रस्तावमा हस्ताक्षर गर्ने १६ जना सांसदलाई मुख्यमन्त्री राईले निलम्बन गरेका थिए। मुख्यमन्त्रीले निलम्बन गरेका सांसद सहभागी भएको बैठकमा आफूहरु सहभागी नहुने ओली समूहका एक मन्त्रीले जानकारी दिए। 

आइतबार मुख्यमन्त्री राईविरूद्ध अविश्वसाको प्रस्तावमाथि छलफल हुने कार्यसूची थियो।

प्रकाशित मिति: : 2021-02-21 16:04:00

प्रतिकृया दिनुहोस्