टोटनह्याम युरोपा लिग फुटबलको अन्तिम १६ मा

By: Twitter
By: Twitter

टोटनह्याम युरोपा लिग फुटबलको अन्तिम १६ मा प्रवेश गरेको छ।

बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमाआरजेड पेलेट्स डब्लुएसीलाई ४–० ले पराजित गरेको टोटनह्यामले समग्रमा ८–१ को जितसहित अन्तिम १६ मा स्थान पक्का गरेको हो। 

अवे मैदानमा भएको पहिलो लेगमा टोटनह्याम ४–१ ले विजयी भएको थियो।

दोस्रो लेगमा डेल अलीले १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए।

यता अल्भेस मोराइजले ५३ औं मिनेटमा गोल गर्दै टोटेनह्यामलाई २–० को अग्रता दिलाए।

यस्तै ७३ औं मिनेटमा ग्यारेथ बेलले गोल गर्दा खेल ३–० मा पुगेको थियो। ८३ औं मिनेट मोराइजले व्यक्तिगत दोस्रो गोल गर्दा टोटनह्यामले खेल ४–० ले जित्यो।
 

प्रकाशित मिति: : 2021-02-25 07:16:00

प्रतिकृया दिनुहोस्