रियल मड्रिडले च्याम्पियन्स लिगकाे अन्तिम १६ को पहिलो लेगमा संघर्षपूर्ण जित दर्ता गरेको छ।
बुधबार राति अवे मैदानमा भएको खेलमा स्पेनिस क्लब रियलले इटालियन क्लब एट्लान्टालाई १–० ले पराजित गरेको हो।
१७ औं मिनेटमा रेमो फ्रेउलेर सीधै रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि एट्लान्टा १० खेलाडीमा सीमित बनेकाे थियाे। तरमड्रिडलाई गोल गर्नका लागि अन्तिम समय पर्खिनु परेकाे थियाे।
रियलका लागि ८६ औं मिनेटमा फेर्ल्याण्ड मेन्डीले गरेको गोल नै निर्णायक बन्यो ।
दोस्रो लेग आउँदो मार्च १६ मा रियल रियलको मैदानमा हुनेछ।