कन्या गुरुकुलमलाई प्राइम बैंकको सहयोग

रासस

चितवन

प्राइम कमर्सियल बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देवघाटस्थित रामजानकी गार्गी कन्या गुरुकुलमलाई सहयोग गरेको छ।

गुरुकुलमको योग, ध्यान एवं साधना गर्ने भवन निर्माण सम्पन्न गर्न रु चार लाख सहयोग गरेको हो। बैंकका भरतपुर शाखा प्रबन्धक पदमराज पौडेलले गुरुकुलमका कार्यवाहक अध्यक्ष शान्तप्रसाद पोख्ररेललाई सहयोग रकम हस्तान्तरण गरेका थिए।

काठमाडौँको लाजिम्पाट निवासी बिमला मानन्धरले गुरुकुलमा छ क्विन्टल चामल, ६० किलो दाल र ३० लिटर तेल उपलब्ध गराएकी अध्यक्ष पोख्रेलले जानकारी दिए। 

प्रबन्धक पौडेलका अनुसार बैंकले हरेक वर्ष सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक सङ्घ संस्थालाई सहयोग गर्दै आएको छ। गुरुकुलमको यो महत्वपूर्ण काममा बैंकले साथ दिएको उले जानकारी दिए। सो गुरुकुलममा हाल ६० जना बालिका रहेका छन्।

उनीहरूलाई संस्कृत पढाइँदै आएको छ। संस्थाका सदस्य सिर्जना अर्यालले यो गुरुकुल नेपालकै नमूना भएको बताएकी थिईन् । 

प्रकाशित मिति: : 2021-02-25 16:31:00

प्रतिकृया दिनुहोस्