ओलीसँगै रहँदा प्रचण्ड पनि प्रतिगामी, पार्टी फुटाए साथ दिन्छौं– राजेन्द्र महतो [अन्तर्वार्ता]

लोकान्तर

काठमाडाै‌ं

अजय अनुरागी

प्रतिनिधि सभा पुन:स्थापनापछि नेपालको राजनीति अब कसरी अगाडि बढ्छ भन्ने चित्र प्रस्ट भइसकेको छैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भावी सरकारको खाका प्रस्ट नभई राजीनामा नदिने उनका विश्वास पात्रहरूले बताइसकेका छन् भने नेकपाको प्रचण्ड-माधव नेपाल पक्षको रणनीति पनि प्रस्ट देखिएको छैन ।

यद्यपि यसबीचमा प्रचण्ड र नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर सत्ता सहकार्यका लागि प्रस्ताव गरे ।

साथै मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरूसँग पनि बिहीवार भेटेर प्रचण्डले सत्ता सहकार्यको प्रस्ताव गरेका थिए । 

अर्को सरकार गठनमा जसपाको भूमिका के हुन्छ ? जसपा सरकारमा सहभागी हुने सम्भावना छ ? यिनै विषयमा​ जनता समाजवादी पार्टीका प्रभावशाली नेता एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र महतोसँग लोकान्तरकर्मी अजय अनुरागीले कुराकानी गरेका छन् ।

प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

बुधवार नेकपा प्रचण्ड-माधव नेपाल पक्षका नेताहरूसँग भेट्नुभएको थियो । खास के भयो कुराकानी ?

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिगमनको विरुद्धमा हामीसँगै मिलेर लड्यौं, आन्दोलन समेत गर्‍यौं । संसद् पुन:स्थापना पनि गर्‍यौं । अब आगामी दिनमा समेत हामीहरू एकसाथ सहकार्य गरेर अगाडि बढ्नुपर्‍यो भनेर प्रचण्डजीले प्रस्ताव गर्नुभयो । त्यसपछि मैले भनें, प्रतिगमनका विरूद्ध पार्टीहरू त लडे तर तपाईंहरू कुन पार्टी हो प्रस्ट भएन भनेर मैले पनि उहाँलाई जवाफ दिएँ ।

प्रकाशित मिति: : 2021-02-26 17:50:00

प्रतिकृया दिनुहोस्