'कांग्रेस नेकपाको कुनै पक्षमा छैन'

Shansak Koirala

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले कांग्रेस नेकपाको कुनै पक्षमा नभएको बताएका छन्। 

रेडियो मकवानपुरको आज हेटौंडामा आयोजित ११ औँ वार्षिकोत्सव समारोहमा बोल्दै उनले कांग्रेस अहिले कसैको पक्षमा नरहेको बताएका हुन्। 

'हामी ओलीको पक्षमा पनि छैनौँ, प्रचण्ड–माधव पक्षमा पनि छैनौँ। कांग्रेस संसद्मा हुने प्रतिनिधित्वको आधारमा आफ्नो रणनीति बनाएर अघि बढ्नेछ।' 

कम्युनिष्टसँग सहकार्य गर्न कांग्रेसले रणनीति तय गर्नुपर्ने मन्त्री कोइरालाको भनाइ थियो। 

प्रकाशित मिति: : 2021-02-27 20:45:00

प्रतिकृया दिनुहोस्