२३ किलोमिटर कालीगण्डकी करिडोर कालोपत्रेको शिलान्यास

दुई छिमेकी मुलुक भारत र चीन जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पर्वतको रानीपानीदेखि कुर्घाखण्डको २३ किलोमिटर सडक कालोपत्रे गर्ने कार्यको शिलान्यास गरिएको छ।

फलेवास नगरपालिका–६ देवीस्थानको ढिकमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कालोपत्रे गर्ने कार्यको शिलान्यास गरे। 

जिल्लाको बिहादी गाउँपालिका–३ रानीपानीदेखि फलेवास नगरपालिकाको कुर्घास्थित लमायखोलासम्मको खण्डका लागि आवश्यक रु एक अर्ब २३ करोड बजेट विनियोजन भएको छ।

बजेट विनियोजनसँगै बहुवर्षीय ठेक्काका लागिसमेत अर्थमन्त्रालयले स्वीकृत दिएपछि सडक कालोपत्रेको काम शुरु हुन लागेको हो। दुई सातापछि सडक कालोपत्रेको काम तीव्र गतिमा हुने आयोजना प्रमुख सुबोध देवकोटाले जानकारी दिए। 

सो अवसरमा राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिनाले आफूले निर्वाचनअघि गरेका बाचाहरु पूरा हुँदै गएको बताए।

उनले अब पर्वत जिल्ला सडक सञ्जालले समृद्ध बनेको बताउँदै कुनै पनि पालिका र वडाहरुमा जाँदा कच्ची बाटोमा हिँड्नुपर्ने अवस्था नआउने उल्लेख गरे।। रासस

प्रकाशित मिति: : 2021-02-28 22:24:00

प्रतिकृया दिनुहोस्