बाबुराम भट्टराईलाई क्यान्सर नभएको चिकित्सकको निष्कर्ष, भोलि नेपाल फर्किने

फाइल तस्वीर
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन्।

तर उक्त ट्युमरको छिटो शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सल्लाह दिएका भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डे जानकारी दिए।

दुई/तीन महिनाभित्रै पेटमा रहेको ट्युमरको शल्यक्रिया गरी निकाल्नुपर्ने चिकित्सकहरूको भनाइ छ।

स्वास्थ्य उपचारका लागि नयाँ दिल्लीमा रहेका भट्टराई नेपाल वायु सेवा निगमको जहाजबाट मंगलबार नेपाल फर्किने भएका छन्।

प्रकाशित मिति: : 2021-03-01 11:14:00

प्रतिकृया दिनुहोस्