बीएण्डसीलाई सम्बन्धन दिइनेछ : प्रधानमन्‍त्री ओली

फाइल तस्वीर
फाइल तस्वीर

प्रधानमन्त्री केपी शर्मा ओलीले संरचना बनिसकेको झापाको बीएण्डसी अस्पतालले छिट्टै मेडिकल कलेजको मान्यता पाउने बचन दिएका छन्।

पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारिक उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बीएण्डसी अस्पताललाई मान्यता दिने वचन दिएका हुन्।

निरोगी देश बनाउनका निम्ति बीएण्डसी जस्तै प्रशस्त मेडिकल कलेजको आवश्यकता भएको समेत उनले बताएका छन्।

ओलीले सबै संरचना बनिसकेको बीएण्डसीले मान्यता नपाउने  कुरै नहुने प्रष्ट पारेका छन्।

‘सबैलाई थाहा छ नेपाल मेडिकलको क्षेत्रमा संसारको सबैभन्दा सस्तोमा उपचार पाउने ठाउँ हो', ओलीले भने ‘संरचना तयार पारेको बीएण्डसी अस्पताललाई सम्बन्धन नदिने कुरै भएन।’

प्रकाशित मिति: : 2021-03-02 16:49:00

प्रतिकृया दिनुहोस्