नेकपा विभाजन पर्खिँदै कांग्रेस

काठमाडौंप्रेस

काठमाडाै‌ं

उपेन्द्र पोखरेल

 २३ फागुनदेखि सुरु हुने प्रतिनिधिसभाको अधिवेशनपछि मुलुकको राजनीतिले नयाँ मोड लिनेछ । राजनीतिको नयाँ मोड कस्तो होला ? जस्तो भए पनि त्यसको निर्णायक हुनेछ, हाल प्रमुख प्रतिपक्षमा रहेको कांग्रेस । तर, कांग्रेसले त्यसका लागि के रणनीति बनाएको छ, सर्वत्र चासो यही विषयमा देखिन्छ ।

लोकतान्त्रिक दल भएका नाताले कांग्रेसभित्र विभिन्‍न थरीका विचार आउनु स्वाभाविकै हो । तर, ती विचारहरूबीचमा एउटा मिलन विन्दु भेटिन्छ । त्यो हो- कांग्रेस नेकपाको औपचारिक विभाजन पर्खिरहेको छ ।

त्यसै पनि, नेकपा फेरि एकीकृत हुने वातावरण तयार भयो भने सन्‍निकट भविष्यको राजनीतिक कोर्स कांग्रेसको हातमा आउने छैन, उसले प्रमुख प्रतिपक्षकै भूमिका वहन गर्नेछ । नेकपा विभाजनपछिका परिदृष्यमा भने कांग्रेस राजनीतिको मियोका रूपमा प्रकट हुनेछ ।

कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूले नेकपाका दुवै पक्षलाई गरिरहेको प्रश्‍न हो- तपाईंहरूको दल कुन हो ? र, यही प्रश्‍न जसपाका नेताहरूले पनि नेकपाका दुवै पक्षलाई गरिरहेका छन् । अर्थात्, कांग्रेस मात्र होइन, हाल प्रतिनिधिसभामा तेस्रो ठूलो जसपाको नजर पनि नेकपा विभाजनतर्फ नै छ ।

प्रकाशित मिति: : 2021-03-02 17:31:00

प्रतिकृया दिनुहोस्