नेकपा नामको विवादमा फैसला सुनाउने मिति सर्यो

सर्वोच्च अदालतले नेकपा नामको विवादमा फैसला सुनाउने मिति आइतबारको लागि सरेको छ।

यसअघि सर्वोच्च अदालतले फागुन २० गते नेकपा नामको विवादमा फैसला सुनाउने निर्णय गरेको थियो। तर पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनका कारण शोक बिदा परेपछि निर्णय सुनाउने मिति सरेको हो।

तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठमा एकीकरण भएपछि नेकपा गठन भएको थियो।

तर निर्वाचन आयोगमा त्यसअघि नै ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दर्ता कायम थियो ।

उक्त नाम आफ्नो पार्टीको नामसँग मिल्दोजुल्दो नाम राखिएको भन्दै कट्टेलले निर्वाचन आयोगलाई विपक्षी बनाएर २०७५ मंसिर ५ गते रिट निवेदन दर्ता गरेका थिए ।


 

प्रकाशित मिति: : 2021-03-05 14:42:00

प्रतिकृया दिनुहोस्