सभागृहमा आइपुगे विप्लव

सभागृहमा हुन लागेको हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पुगेका छन्।

उनीसगैँ नेत्रविक्रम चन्द 'विप्लव'पनि आईपुगेका छन्।

कार्यक्रममा सरकारका विभिन्न मन्त्रीहरु, सासंदहरु र नेकपा विप्लवकाका विभिन्न नेता तथा कार्यकर्ताहरु उपस्थिती रहेको छ। 



प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगे विप्लव

नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

शुक्रबार बिहान नवलपुरबाट काठमाडौं आएका विप्लवले प्रवक्ता प्रकाण्ड र  बास्तोलालगायतका नेताहरूलाई सामाखुसीमा भेटघाट गरेपछि बालुवाटार पुगेका हुन्।

सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक भएका हुन्।

आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ।



विप्लव, प्रकाण्ड र धर्मेन्द्र बास्तोलालगायतका नेताहरूबीच भेटघाट

नवलपरासीमा सार्वजनिक भएका 'विप्लव' प्रहरीको सुरक्षामा काठमाडौं आउँदै

प्रधानमन्त्री ओली र महासचिव विप्लव आज एउटै मञ्चमा देखिँदै

विप्लवमाथि थोपरेको प्रतिबन्ध ओली सरकार आफैँले फिर्ता लिन बाध्य भयाे : खेम थपलिया

प्रकाशित मिति: : 2021-03-05 14:58:00

प्रतिकृया दिनुहोस्