प्रचण्ड–माधवलाई ओलीको ब्यङ्ग्य: आफ्नो दुईतिहाईको सरकार ढाल्ने अनि अरुलाई प्रधानमन्त्री लिइदिनुस् हजुर भनेर अनुराेध गर्ने ?

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले पढेको मार्क्सवादमा आफ्नो दुईतिहाई बहुमतको सरकार ढालेर अरुलाई नेतृत्व लिइदिन अनुरोध गर्दै हिँडेको थाहा नभएको बताएका छन्।

उनले अर्को समूहका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालतर्फ ब्यङ्ग्य गर्दै भने, ‘आफ्नो दुईतिहाई सरकार ढाल्न हिँड्ने र किस्तीमा राखेर नेतृत्व अरुलाई गरिदिन आग्रह गरेको कुनै मार्क्सवादमा मैले पढेको छैन।’

नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी छैन : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अब कुनै पनि हिंसात्मक द्वन्द्व बाँकी नरहेको बताएका छन्। विप्लव समूहसँगकाे तीनबुँदे सहमतिपछि समाराेहलाई सम्बोधन गर्दै ओलीले यस्तो घोषणा गरेका हुन्।

राष्ट्रियसभा गृहमा शुक्रबार आयोजित ‘नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच सम्पन्न सहमतिमा हस्ताक्षरपछि सो समारोह बोल्दै अन्तिम किस्तामा शान्तिको युगमा प्रवेश गरेको पनि बताए ।

हामीले कसैलाई प्रधानमन्त्रीको प्रस्ताव गरेका छैनौँ : प्रधानमन्त्री ओली

उनले भने, ‘हिसांत्मक द्वन्द्वको वातावरण छैन। आजबाट नेपाल पूर्ण रुपमा शान्तिको वातावरण छ।’ 

‘नेपाली जनताले शान्ति राष्टियताको रक्षा, स्वाधीनताको सदुप्रयोग, लोकतन्त्रको प्राप्ति, सामाजिक न्याय र समानता, निर्भयपूर्ण वातावरणमा बाँच्न पाउनुपर्छ’, प्रधानमन्त्री आलीले भने, 'सुशासन होस्। भ्रष्टाचारको अन्त्य होस्। विकासको गतिशील होस्। लोकतान्त्रिक प्रणाली चाहिन्छ।' 

प्रधानमन्त्री अहिले शान्तिको प्यारामिटरमा संयुक्त राष्ट्र संघको अनुसार नेपाल अरु देशभन्दा अगाडि भएको बताए। उनले भने, ‘मूल्याकंन गर्ने हो भने कसरी गर्ला ? अब शान्तिको प्यारामिटर धेरै अघि बढिसकेको छ।’

प्रधानमन्त्रीले यो कदमले विप्लवले नेपाली जनताको मन जित्न सफल भएको भन्दै उनकाे प्रशंशा पनि गरे।

प्रकाशित मिति: : 2021-03-05 15:36:00

प्रतिकृया दिनुहोस्