प्रचण्ड संसदीय दलको नेता चयन

File photo
File photo

नेपाल कम्युनिष्ट पार्टी (‘प्रचण्ड’) समूहको संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई संसदीय दलको नेता चयन गरेको छ। 

ज्येष्ठ सदस्य झलनाथ खनालको अध्यक्षतामा आज बसेको सो समूहको बैठकले पूर्वप्रधानमन्त्री दाहाललाई दलको नेतामा सर्वसम्मत चयन गरेको सो समूहको संसदीय दलका सचेतक देवप्रसाद गुरुङले जानकारी दिए। 

अध्यक्ष दाहाललाई दलका नेताका रुपमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्ताव गरेका थिए भने  पम्फा भूसालले समर्थन गरेकी थिइन्। 
 
सो समूहले यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीलाई संसदीय दलको नेताबाट हटाएको घोषणा गरेको थियो। यसअघि विघटित प्रतिनिधिसभा सदस्यको बैठक राखी पुस ७ गते पनि उनले आफूलाई संसदीय दलको नेता घोषणा गरेका थिए ।

 

प्रकाशित मिति: : 2021-03-05 18:05:00

प्रतिकृया दिनुहोस्