पुरातात्विक मन्दिरप्रति सम्बन्धीत निकायले ध्यान नदिएको मेयर साहको गुनासो

मौलापुर नगरपालिकाकी मेयर रीनाकुमारी साहले पतौराको पुरातात्विक महादेव मन्दिरमा सम्बधित निकायको ध्यान नजादा दुख ब्यक्त गरेकी छन्। 

हजार वर्षभन्दा पुरानो रहेको तथ्य भेटिएको अवस्थामा समेत संघ तथा प्रदेशका कुनैपनि निकायले ध्यान नदिदा मेयर साहले दुख व्यक्त गरिन्।

मन्दिरलाई विश्व सम्पदा सुचीमा पुर्याउन सकिने खालको प्रमाणहरु हुँदा पनि राज्य वेखबर भएजस्तो गरि प्रस्तुत भएको मेयर साहको गुनासो छ। 

संघ तथा प्रदेश सरकारले सानातिना मन्दिरहरु बनाउन बजेट व्यवस्था गर्ने गरेको तर ऐतिहासिक एवम् पुरातात्विक महत्वको पतौरा मन्दिरलाई वेवास्ता गरेको मेयर साहले बताइन्।

प्रकाशित मिति: : 2021-03-05 18:44:00

प्रतिकृया दिनुहोस्