विप्लव शान्तिपूर्ण राजनीतिमा आएपनि जटिल छन् यी मुद्दा, सीके राउतका मुद्दा अझै विचाराधीन !

लोकान्तर

काठमाडौं

सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमतिमा शुक्रवार हस्ताक्षर भएको छ ।

राष्ट्रिय सभागृहमा शुक्रवार आयोजित विशेष समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवको उपस्थितिमा सहमति पत्रमा हस्ताक्षर गरिएको हो । 

सहमति  बिहीवार नै भएपनि औपचारिक हस्ताक्षर भने शुक्रवार गरिएको हो । सहमतिको तेस्रो बुँदामा विप्लव समूहमाथि लगाइएको प्रतिबन्ध हटाउने र नेता कार्यकर्तालाई रिहाइ तथा सम्पूर्ण मुद्दा खारेजीको कुरा उल्लेख छ ।

'नेपाल सरकार, नेपाल कम्युनिस्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता तथा कार्यकर्ताहरूको रिहाइ र सम्पूर्ण मुद्दाहरू खारेज गर्न सहमत भएको छ,' उक्त बुँदामा भनिएको छ । 

यसबीचमा धर्मेन्द्र बाँस्तोलासहित विप्लव समूहका केही नेता रिहा भएका छन्, तर मुद्दा फिर्ताको विषयमा छलफल समेत शुरू नभएको पाइएको छ ।

महान्यायाधिवक्ताको कार्यालयका प्रवक्ता समेत रहेका सहन्यायाधिवक्ता सञ्जीवराज रेग्मीका अनुसार उक्त समूहका नेता तथा कार्यकर्तामाथि लागेका मुद्दा फिर्ता लिने विषयमा सरकारले महान्यायाधिवक्ताको कार्यालयसँग कुनै पनि परामर्श नलिएको बताए।

यद्यपि प्रतिबन्ध भने फुकुवा भइसकेको छ ।

प्रकाशित मिति: : 2021-03-05 18:45:00

प्रतिकृया दिनुहोस्