प्रचण्ड संसदीय दलको नेता चयन भएको भनी संसद् सचिवालयमा बुझाएको पत्रप्रति ओली समूहको आपत्ति

File Photo
File Photo

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड समूहले सो समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संसदीय दलको नेता चयन भएको भनी संसदीय दलमा पत्र बुझाएकोप्रति ओली समूहले आपत्ति जनाएको छ।

नेकपाका ओली समूहका सचेतक विशाल भट्टराईले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन्। विज्ञप्तिमा भनिएको छ, ‘दलको विधान ०७५ बमोजिम विधिवत रुपमा चुनिनुभएका संसदीय दलका नेता पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्माओली रहनुभएको छ। नेपालको संविधान तथा प्रचलित कानूनबमोजिम कोही कसैले कुनै गैरसंवैधानिक र गैरकानूनी निर्णय गरिएको भनी गरिएको पत्राचारको कुनै कानूनी आधार, औचित्य र प्रभाव हुने छैन।’

विज्ञप्तिमा मुख्य सचेतक भट्टराईले संसदीय दलको नेता प्रधानमन्त्री ओली, उपनेता सुवास नेम्वाङ, मुख्य सचेतक  विशाल भट्टराई र सचेतक शान्ता चौधरी रहेको पनि जनाएका छन्।

प्रकाशित मिति: : 2021-03-05 18:41:00

प्रतिकृया दिनुहोस्