आर्थिक वृद्धि ऋणात्मक हुनुमा कोभिड बाहना कि कारण ?

अनलाइनखबर

काठमाडौँ

गत आर्थिक वर्षमा नेपालको आर्थिक बृद्धि दर १.९९ प्रतिशतले ऋणात्मक रह्यो । यो पछिल्लो चार दशयताकै कमजोर अवस्था हो ।

सरकारले यसो हुनुमा नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीलाई प्रमुख कारण मानेको छ । विश्वव्यापी संकट बनेको कोरोनाले नेपालको अर्थतन्त्रमा पनि प्रभाव पारेको कुरामा विज्ञहरु सहमत छन् ।

तर, यस्ता संकट आउँदा कसरी जुध्ने भन्ने विषयमा पूर्वतयारी नहुनु र महामारीपछि समस्या हल गर्न सिर्जनशील नीति तथा कार्यक्रम ल्याउन नसक्दा अर्थतन्त्रमा गहिरो प्रभाव परेको अर्थविद्हरुले बताएका छन् ।

कोरोनाले प्रभाव पार्दासमेत त्यसतर्फ वेवास्ता गरिनु, संकटमा परेको क्षेत्रको उत्थानका लागि प्रभावकारी प्याकेज ल्याउन नसक्दाको समेत असर अर्थतन्त्रमा परेको उनीहरूको भनाइ छ ।

आर्थिक वृद्धिको पछिल्लो आकडाबारे अर्थविद्हरुसँग अच्युत पुरीले लिनुभएको धारणा यस्तो छः

प्रकाशित मिति: : 2021-03-05 21:38:00

प्रतिकृया दिनुहोस्