गृहमन्त्रीलाई भेट्न मन्त्रीक्वाटर पुगे विप्लव

गृहमन्त्री रामबहादुर थापा ‘बादल’लाई भेट्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्र विक्रम चन्द पुलचोकस्थित मन्त्री क्वाटर पुगेका छन। 

महासचिव ‘विप्लव’ गृहमन्त्री ‘बादल’लाई भेट्न शनिंबार बिहान पुलचोक पुगेका हुन्। उनीहरुबीच करिब एक घण्टा वार्ता भएको स्रोतले बताएको छ। करिब तीन वर्ष भूमिगत गतिविधि चलाएका विप्लवका २ हजार नेता तथा कार्यकर्ता हाल नेपालका विभिन्न कारागारमा बन्दी छन्।

सरकारसँग शान्तिवार्ता गर्नुअघि विप्लव समूहले आफ्ना नेता तथा कार्यकर्ताको  रिहाईको माग गरेको थियो। यसै क्रममा शुक्रबार सरकारसँग तीन बुँदे सहमति गर्नुअघि धर्मेन्द्र बास्ताेलालाई सरकारले रिहा गरिसकेको छ। 

बादल र प्रकाण्डबीच बुधबार र बिहिबार दुर्ई दिन चलेको वार्ता सफल भएपछि प्रधानमन्त्री ओली र विप्लवले शुक्रबार एउटै मञ्चबाट भाषणसमेत  गरेका थिए। भाषणमा दुवैले  ‘प्रचण्ड’लाई निशानामामा पारेको थिए। 

प्रकाशित मिति: : 2021-03-06 13:25:00

प्रतिकृया दिनुहोस्