बलात्कार आरोपित पक्राउ

रासस

सप्तरी
फाइल तस्वीर
फाइल तस्वीर

बलात्कार गरी गर्भवती बनाएको आरोपमा प्रहरीले विष्णुपुर गाउँपालिका–५ बोरियाका ३५ वर्षीय मोहम्मद रहमुल मियाँलाई आज पक्राउ गरेको छ।

आरोपितले २०७७ जेठ २६ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडितले जिल्ला प्रहरी कार्यालयमा गत असोज २९ गते उजूरी दिएको थियो।

आफ्नो घरको कोठामा बसिरहेका बेला कोही नभएको मौका छोपी घर पसी मूल ढोका लगाई ओछ्यानमा लडाएर बलात्कार गरेको पीडितले बताइन्।

पीडितले जिल्ला प्रशासन कार्यालयमा समेत २०७७ कात्तिक ३ गते उजूरी दिएकी थिइन्।

जिल्ला प्रहरी कार्यालयले कात्तिक ४ गते उजूरी दर्ता गरे पनि पक्राउ नपरेका आरोपितलाई गाउँघरमै लुकेर बसेको अवस्थामा आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

बलात्कारबाट गर्भवती बनेकी पीडितबाट राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा गत कात्तिक १५ गते छोराको जन्म भएको थियो।

दुर्घटनामा घाइते महन्थको मृत्यु

सवारी दुर्घटनामा घाइते भएका महन्थ ब्रम्हदेव साह भनिने ६५ वर्षीय रेखा दासको उपचारका क्रममा आज मृत्यु भएको छ।

विराटनगरस्थित विराट नर्सिङ अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक भुवनेश्वरप्रसाद साहले बताए।

शम्भुनाथ नगरपालिका–५ तारखोला पुलस्थित पूर्व–पश्चिम राजमार्गमा शुक्रबार राति बा.४० प २२१५ नम्बरको मोटरसाइकलले ठक्कर दिदा रौतहटको देवाही गोनाही नगरपालिका–९ घर भई इटवालस्थित राम मन्दिरका महन्थ दास गम्भिर घाइते भएका थिए।

पूर्वबाट पश्चिमतर्फ जादै गरेको मोटरसाइकलले दासलाई बाटो काटने क्रममा ठक्कर दिएको थियो। प्रहरीले मोटरसाइकल चालक शम्भुनाथ–६ का ३० वर्षीय रमजानी मियाँलाई पक्राउ गरेको छ।

प्रकाशित मिति: : 2021-03-07 14:58:00

प्रतिकृया दिनुहोस्