मुद्धा जितेपछि ऋषि कट्टेल भने– जे हुनु थियो, त्यहीँ भयो 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को नाम विवादबारे सर्वाेच्च अदालतले आफ्नो पक्षमा निर्णय सुनाएसँगै ऋषि कट्टेलले ‘जे हुनुपर्ने थियो, त्यहीँ भएको प्रतिक्रिया दिएका छन्। 

सर्वाेच्चको निर्णय आए लगत्तै कट्टेलले निर्वाचन आयोगले न्याय गरेको बताए।



नेकपा ऋषि कट्टेललाई, एमाले–माओवादी एकीकरण भङ्ग

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषि कट्टेलको हुने फैसला सुनाएको छ।

फैसलासँगै ०७५ जेठ ३ मा भएको एमाले–माओवादी एकीकरण भङ्ग भएको छ।

न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो।

यो फैसलासँगै अब केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ।



सुवास नेम्वाङले हाँस्दै भने– अब प्रचण्डजी संसदीय दलको नेता हुनुभो

नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सर्वोच्च अदालतको फैसलाले ‘प्रचण्डजी माओवादीकेन्द्रको संसदीय दलको नेता’ भएको भन्दै व्यंग्य गरेका छन्। 

सर्वोच्च अदालतको फैसलालगत्तै संक्षिप्त प्रतिक्रिया जनाउँदै नेम्वाङले व्यंग्य गरे, ‘प्रचण्डजीको दाबी संसदीय दलको नेता हो क्यारे ! अब भइहाल्नुभो नि, उहाँको पार्टीको संसदीय दलको नेता।’

नेम्वाङले साविक एमाले र माओवादी केन्द्रबीचको एकता नै उक्त फैसलाले खारेज गरेकोतर्फ संकेत गरे।

‘नेकपा नै अर्कैको पार्टी भएपछि एमाले र माओवादी पार्टीको  एकता नै अवैधानिक हुन्छ’, उनले भने, ‘यसले निर्वाचन आयोगको फैसला पनि खारेज गर्‍यो । प्रचण्ड उहाँको दाबी अनुसार नै स्वतः माओवादी संसदीय दलको नेता हुनुभो।’

प्रकाशित मिति: : 2021-03-07 15:41:00

प्रतिकृया दिनुहोस्