प्रवीण बाँस्तोला हत्या प्रकरणः छानविन समितिको प्रतिवेदन प्रति बहिनी सदीक्षाको आपत्ति

मोरङको उर्लाबारी–५ का ३२ वर्षीय प्रविण बास्तोलाको रहस्यमय मृत्युको छानविन समितिले ल्याएको प्रतिवेदन प्रति बहिनी सदिक्षाले आपत्ती जनाएकी छन् ।

गत पुुष ५ गते  मृत फेला परेका  प्रवीणको हत्याको छानविनका लागि  बनाएको समितिले जिल्ला प्रहरी कार्यालय मोरङलाई  बुझाएको  प्रतिवेदन चित्त  नबुुझेको  मृतककी बहिनी सदिक्षा बास्तोलाले बताएकी छिन् । 

प्रतिवेदन जिल्ला प्रहरी मोरङले आइतबार सार्वजनिक गरेपछि बास्तोलाले प्रतिक्रिया दिदैं भनिन्, ‘मैले  हेरेको बेला मिसिलमा एउटा मात्रै फोटो भएको र त्यो पनि अर्कै फोटो भएको  घटनाको अनुसन्धानमा अनेकौ त्रुटी रहेको छ ।’  

छानबिन समितिले प्रहरीलाई संरक्षण गर्दै ल्याएको प्रतिवेदनमा आफूहरुको चित्त नबुझेको उनले बताइन् ।  कर्तब्य ज्यानको मुद्धामा मृतकको मिसिलको तस्बिर चेन्ज गर्नु भुलवस नभएर घटना ढाकछोप गर्न नै नियतवश भएको बास्तोलाको भनाई छ । 

 उर्लाबारीका ३२ वर्षीय युवा बास्तोलाको मृत्त शरीर पुस ५ मा फेला परेको थियो।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा गठन भएको टोलीले अनुसन्धानमा खटिएको प्रहरी टोलीले कमजोरी गरेको देखाएको छ ।

प्रतिवेदनमा अनुसन्धान गर्ने क्रममा कमी कमजोरी गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारबाही अनुसार सचेत गराई जवाफदेही बनाउनु पर्ने सिफारिस गरिएको हाे । 

जिल्ला प्रहरी मोरङले अनुसन्धान अधिकृत इलाका प्रहरी उर्लाबारीका प्रमुख प्रहरी निरीक्षक उद्धव पोखरेल र अनुसन्धान शाखामा कार्यरत प्रहरी जवान योगिन सार्कीलाई जिल्ला तानेर स्पष्टिकरण सोधिएकाे हाे ।


छानबिन समितिले पीडित परिवारसँग अनुसन्धान टोलीले पारदर्शी र पीडित मैत्री व्यवहार नियमित रुपमा गरी आवश्यक समन्वय, सम्पर्क र परामर्श गर्नुपर्ने लगायत ५ बुँदे सुझाव दिएको छ ।

प्रतिवेदनमा जाहेरवाला पक्षले मिसिलमा अर्कै फोटो राखेको, बदनियतपूर्वक अनुसन्धान गरेको र मृतकले लगाएको कपडा च्यातिएको विषय घटना प्रकृति मुचुल्कामा उल्लेख नगरेको गुनासो बारेमा स्थलगत अनुसन्धान गरेको उल्लेख छ । 

प्रहरी नायव उपरीक्षक राई संयोजकत्वको टोलिले बुझाएको छानविन प्रतिवेदनमा मृतक प्रविणको फोटो परिवर्तन गरिएको भन्दै पीडित लगाएको आरोपमा बदुनियतपूर्वक नभएको ठहर गरेको छ ।

प्रकाशित मिति: : 2021-03-07 19:13:00

प्रतिकृया दिनुहोस्