बराबरीमा रोकिए एट्लेटिको र रियल म्याड्रिड 

Photo : BBC
Photo : BBC

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्याड्रिड र रियल म्याड्रिड बराबरीमा रोकिएका छन्। 

आइतबार राती भएको खेलमा एट्लेटिकोलाई जिताउन लुइस सुआरेजले गोल गरेका थिए। तर खेल सकिन २ मिनेट बाँकी रहदा रियल म्याड्रिडका करीम बेन्जेमाले गोल गर्दै बराबरी कायम गराएका थिए। 

बराबरीपछि पनि एट्लेटिको ५९ अंकसहित शीर्षस्थानमा कायम छ।

प्रकाशित मिति: : 2021-03-08 08:36:00

प्रतिकृया दिनुहोस्