बाँकेको नरैनापुरमा आगलागी हुँदा २२ घर जले 

बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १ सुइयाँ गाउँमा आगलागी भएको छ।

सोमबार बिहान ९ बजे भएको आगलागीबाट सुइयाँ गाउँपालिकाका २२ वटा घर जलेका छन्।

स्थानीय मनिजर पासीको फुसले छाएको घरबाट आगलागी सुरु भएको बताइएको छ। बिहान बच्चाहरु मात्रै  घरमा भएको अवस्थामा अचानक आगलागी भएको थियो।

आगलागी पछि स्थानीयले खबर गरेलगत्तै सुइयाँ प्रहरी चौकी र इलाका प्रहरी कार्यालय भगवानपुरबाट प्रहरीको टोली परिचालन गरी दिउँसो १२ बजे आलगागी नियन्त्रणमा लिएको बताइएको हो।

आगालागीबाट  स्थानीय मनिजर पासी, नाफे पासी, रंगै पासी, राम समुझ पासी‚ मनै साई सहज राम पासी, मृत लाल पासी सन्तोष पासी बौरा पासी मुन्के पासी र सिराज पासीलगायतका २२ वटा पूर्णरूपमा क्षति भएको छ।

वडा नम्बर १ का वडा सचिव लक्ष्मी कान्त मिश्राका अनुसार आगलागीबाट मानवीय क्षति भने भएको छैन। आगलागीबाट अन्य कति क्षति भयो भन्ने विवरण आइसकेको छैन ।

प्रकाशित मिति: : 2021-03-08 14:13:00

प्रतिकृया दिनुहोस्