विप्लवले सोधे- क्यान्टोनमेन्टको १९ अर्ब रुपैयाँ खै?

देशसञ्चार

काठमाडौँ

महासचिव नेत्रबिक्रम चन्द्र विप्लवले माओवादी जनमुक्ति सेनाको क्यान्टोनमेन्टमा १९ अर्ब रुपैयाँ भ्रष्टाचार भएको प्रसंग फेरि झिकेका छन्।

सोमबार आफू नेतृत्व नेकपा निकट अनेमसंघ क्रान्तिकारीको सातौँ महाधिवेशनलाई सम्बोधनका क्रममा उनले आफ्नो संघर्ष भ्रष्टाचारविरुद्ध भएको उल्लेख गर्दै जनमुक्ति सेनाको शिविरमा पनि ठूलो रकम भ्रष्टाचार भएको बताएका हुन्।

तत्कालीन माओवादीका नेता समेत रहेका चन्दले २० हजार जनमुक्ति सेनाबाट प्रत्येक महिना पाँच हजार रुपैयाँका दरले क्रान्तिका लागि भनेर उठाइए पनि त्यसको हिसाबकिताब स्पष्ट नभएको उल्लेख गरे।

विप्लवले भने, ‘जनमुक्ति सेनाको पैसामा भ्रष्टाचार भएको छ। २० हजार जनाको हिनामिना भयो। हिजो एक जनाको पाँच हजार काटेर १९ अर्ब खायो भनेर अहिले पनि बाहिर चर्चा छ।’

प्रकाशित मिति: : 2021-03-08 20:56:00

प्रतिकृया दिनुहोस्