बर्माको जनआन्दोलनका पहिलो बर्मेली–नेपाली शहीद 'सानाभाइ'को दाहसंस्कार

बर्माको जनआन्दोलनका पहिलो नेपाली मूलका शहीद सानाभाइ विश्वकर्माको दाहसंस्कार गरिएको छ। गृहनगर उत्तरी बर्माको सुन्सेमा हिन्दू परम्पराअनुसार उनको दाहसंस्कार गरिएको हो। दाहसंस्कार स्थानीय गोर्खाली समाजको अगुवाइमा गरिएको थियो।

४३ वर्षीय सानोभाइ विश्वकर्मा सुनको गहना बनाउने काम गर्दै आएका थिए। उनका श्रीमती र पाँच छोरा रहेका छन्। उनको जन्म मुसेनजिकै अवस्थित नाम्टु गाउँमा भएको थियो।नेपालीभाषीको बाक्लो बस्ती भएको नाम्टुमा  १०० वर्षदेखि नै फलामको काम गर्न नेपालीहरू आउन थालेका थिए। त्यही क्रममा विश्वकर्माको पु्र्खा पनि त्यहाँ आएका थिए। 

सरकारी पक्षले उनको शव आइतबार परिवारलाई बुझाइएको थियो। उनको शवमा धेरै घाउचोट भएकाले सुरक्षाकर्मीले नियन्त्रणमा लिएपछि उनलाई कुटपिट गरेर हत्या गरेको अनुमान गरिएको छ। 

विश्वकर्माको शवसँगै सुरक्षाकर्मीले उनको न्याश्नल लीग फर डिमोक्रसी (एनएलडी)को सदस्यताको परिचयपत्र पनि परिवारलाई बुझाएको बताइएको छ। एनएलडी आङ सान सू चीको ठूलो राजनीतिक दल हो। दलले तीन महिना अगाडि सम्पन्न निर्वाचनमा ८३ प्रतिशत मत प्राप्त गरेको थियो। 

निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै म्यानमारको सेनाले सैनिक शासक लगाएको छ। त्यही शासनका विरूद्ध म्यान्मारमा आन्दोलन जारी छ।

आन्दोलनमा नेपालीभाषी पनि अग्रमोर्चामा रहेका छन्। म्यान्मारमा एक लाख २५ हजारको हाराहारीमा नेपाली मूलका मानिस रहेको बताइन्छ।



बर्माको स्वतन्त्रता आन्दोलनमा 'सानाभाइ' पहिलो बर्मेली–नेपाली सहिद (भिडियाेसहित)

  

 

प्रकाशित मिति: : 2021-03-09 05:34:00

प्रतिकृया दिनुहोस्