ऐतिहासिक अवसर गुमाएको ‘नेकपा’ को ४१ महिना

अनलाइनखबर

काठमाडौं

नेकपा एमाले र माओवादी केन्द्रको शीर्ष नेतृत्वले दिएको ‘दसैं बम्पर उपहार–२०७४’ ले मुलुकमा सानो कम्पन ल्याएको थिएन। प्रदेश तथा प्रतिनिधिसभा निर्वाचन आउन दुई महिना पनि बाँकी थिएन। निर्वाचनको तयारी तीब्र थियो। दसैं मनाउन गाउँ गएकाहरू राजधानी फर्किएका थिएनन्।

दसैंको टीकाकै भोलिपल्ट (१५ असोज २०७५ मा) सहमति जुट्यो– नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच वाम गठबन्धन बनाउने। नेपाली काँग्रेस नेतृत्वको संयुक्त सरकारमा रहेका माओवादी र प्रमुख विपक्षी दल एमाले बीच १७ असोज २०७५ मा गठबन्धन घोषणा भयो।

सत्ता साझेदार काँग्रेस नराम्रो गरी झस्कियो। एमाले र माओवादीका नेता–कार्यकर्ता चकित बने। त्यसबेला एमाले र माओवादीबीच सम्बन्ध सहज थिएन। तीन चरणमा सम्पन्न स्थानीय चुनावमा काँग्रेस र माओवादीले गठबन्धन गरेका थिए।

तर, रातारात एमालेसँग माओवादीको गठबन्धन बन्यो। साझा घोषणापत्र र उम्मेदवार तय भए। १० र २१ मंसिर २०७४ मा सम्पन्न निर्वाचनमा देशभर वाम गठबन्धनको लहर आयो। ६ प्रदेश र संघमा पूर्ण बहुमतको सरकार बनाउने जग खडा भयो। तर, पाँच वर्षका निम्ति प्राप्त जनमतको जगमा बनेका सरकारहरू तीन वर्ष नपुग्दै धर्मराउन पुगे भने मंगलबारदेखि एमाले र माओवादी केन्द्र फेरि अलग भए।

प्रकाशित मिति: : 2021-03-09 20:29:00

प्रतिकृया दिनुहोस्