माओवादी केन्द्र र जसपा नेताहरुबीच छलफल

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का शीर्ष नेताहरुबीच भेटवार्ता भएको छ।

बुधबार दिउँसो पार्टी कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोसँग छलफल गरेका हुन्।

भेटमा पछिल्लो राजनीतिक घटनाक्रामका विषयमा छलफल भएको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ जानकारी दिए।

प्रकाशित मिति: : 2021-03-10 17:05:00

प्रतिकृया दिनुहोस्