गौशला क्षेत्रको सडकमा मानिसको भीड, देखिएन कोरोना त्रास (तस्बिरसहित)

तेजन खड्का

काठमाडौं

शिवरात्रिको अवसरमा गौशला क्षेत्रका सडकमा मानिसको भीड बढेको छ।

गौशला क्षेत्रका मुख्य तथा शाखा सडक क्षेत्रमा भीडका कारण सवारीसाधन जाममा परेका छन् भने यात्रुहरुलाई पनि गन्तब्यमा पुग्न हम्मेहम्मे परेको देखियो।

‘मानिसको यतिका बाक्लो भीड सडकमा कहिल्यै देखेको थिइनँ’, झापाबाट काठमाडौं आएका सन्तोष बिष्ट भन्छन्, ‘ठेलामठेल अध्याधिक भीडले बाटो काट्न हिँडडुल गर्न मुस्किल परेको छ।’

शिवरात्रिमा पशुपति दर्शन गर्न निस्किएका भक्तालुका कारण भीड बढेको हो।

कोरानाको सन्त्रास मुलुकबाट निर्मुल भइनसकेको अबस्थामा पनि मानिसहरुमा कोरोना डर, भय देखिएको थिएन।

धेरै जसो मानिसहरु माक्स नलगाई निस्किएका देखिन्थे।

प्रकाशित मिति: : 2021-03-11 15:32:00

प्रतिकृया दिनुहोस्