'भारत अब प्रजातान्त्रिक देश होइन'

Photo - Theprint
Photo - Theprint

भारतीय कांग्रेसका पूर्वअध्यक्ष राहुल गान्धीले स्विडेनी संस्थाको एक रिपोर्टलाई उल्लेख गर्दै भारत अब प्रजातान्त्रिक देश नभएको दाबी गरेका छन्। 

गान्धीले सामाजिक सञ्जालमा समाचारको लिंकसँगै ट्वीट गरेका छन्, 'भारत अब प्रजातान्त्रिक देश होइन।'

कांग्रेस नेता गान्धीले 'वी–डेम स्वीडेन'को 'इन्स्टिीट्यूट' मा प्रकाशित प्रजातन्त्र सम्बन्धित प्रतिवेदन ट्वीट गरेका हुन्। उक्त प्रतिवेदनमा संसारको सबैभन्दा ठूलो प्रजातान्त्रिक देश भरतमा 'चुनावी निरंकुशता' जन्मिएको दाबी छ। 

प्रतिवेदनका आधारमा केहि दिनअघि अमेरिकी संगठन 'फ्रिडेम हाउस' को एक रिपोर्टमा भारतलाई 'आंशिक स्वतन्त्र' को रूपमा वर्णन गरिएको छ।

भारत सरकारले प्रकाशित प्रतिवेदनलाई अस्वीकार गरेको छ। भ्रामक, असत्य र निराधार भएको समेत स्पष्ट पारेको छ। सरकारले भारतमा प्रजातान्त्रिक परम्परालाई राम्रोसँग स्थापित गरिसकेको बताएको छ।

प्रकाशित मिति: : 2021-03-12 10:47:00

प्रतिकृया दिनुहोस्